दफा १६
वारेण्ट इत्यादि जारी गर्ने प्रमुख जिल्ला अधिकारीको अधिकार
: जुनसुकै प्रहरीअधिकृतले आफ्नो कर्तव्यको सिलसिलामा पाएको खबर प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरी कुनै अपराध गरेको वा सो गरेको भनी शंका भएको वा अपराध गर्न लागेको व्यक्तिको नाममा कानुनद्वारा जारी हुन सक्ने वारेण्ट, खानतलासीको वारेण्ट, समाहृान वाअरू म्याद सूचना जारी गर्न प्रतिवेदन दिने सक्नेछ र प्रचलित कानुनले त्यस्तो वारेण्ट,समाहृान वा म्याद सूचना जारी गर्न कुनै अड्डा वा अधिकारीको स्पष्ट व्यवस्था नभएकोमा प्रमुख जिल्ला अधिकारीले जारी गर्न सक्नेछ ।त्यस्तो वारेण्ट, खानतलासीको वारेण्ट, समाह्वान वा अरू म्याद सूचना कुनै अड्डा वा अदालतले जारी गर्ने कानुनी व्यवस्था भएकोमा प्रहरी अधिकृतले सो प्रतिवेदनसोझै त्यस्तो अड्डा वा अदालतमा दिनेछ ।